नेपाल सरकार
गृह मन्त्रालय
ईलाका प्रशासन कार्यालय ,
पचेडीके, बैतडी


  परिचय

  • संस्था अध्यावधिक हुदै २०७५-३-४

    जिल्ला प्रशासन कार्यालय बैतडीले जिल्ला भरिका गैरसरकारी संस्थाहरूकाे अध्यावधिक शुरू गरेकाे छ । गृह मन्त्रालयले हरेक जिल्ला प्रशासन कार्यालयमा दर्ता रहेका गैरसरकारी संस्थाहरूकाे अध्यावधिक गर्ने निर्णय गरेपछि जिल्ला प्रशासन कार्यालय बैतडीले गैरसरकारी संस्था अध्यावधिकका लागि २० दिने सूचना प्रकाशन गरेकाे छ । मिति २०७५ असार ०४ गते सार्वजनिक सूचना प्रकाशन गरेर जिल्ला प्रशासन कार्यालय बैतडीमा दर्ता रहेका संस्थाहरूकाे नाम, बहालवाला कार्यसमिति सदस्यहरूकाे नाम, थर, ठेगाना सहितकाे विवरण पेश गर्न सम्बन्धित सराेकारवालाहरूकाे लागि सूचना प्रकाशन गरेकाे छ ।

  • संघ/संस्था दर्ता सम्बन्धि नयाँ व्यवस्था २०७५-२-३१

    गृह मन्त्रालयले संघ/संस्था दर्ता सम्बन्धि नयाँ व्यवस्था लागु गरेकाे छ । २०७५ साल जेठ २४ गते माननीय गृहमन्त्री राम बहादुर थापा बादल ज्युकाे अध्यक्षतामा बसेकाे बैठकले संघ/संस्था सम्बन्धि नयाँ व्यवस्था लागु गर्ने निर्णय गरेकाे हाे । उक्त निर्णयसंगै नेपालमा दर्ता भएका गैर सरकारी संस्था, अन्तराष्ट्रिय गैरसरकारी संस्था तथा प्रतिफल वितरणा नगर्ने कम्पनी(Non Profit Distributin Company) हरूकाे लागि नयाँ व्यवस्था लागु भएकाे हाे । गृह मन्त्रालयले लागु गरेकाे नयाँ व्यवस्था अनुसार दर्ता भर्इ संचालनमा रहेका र नयाँ दर्ता हुने संस्थाहरूले अाफ्ना उदेश्यमा कुनै एक क्षेत्र मात्र राेज्न पाउने भएका छन् । पहिले नै दर्ता भइसकेका संस्थाहरूलार्इ नविकरणकाे समयमा उदेश्यमा संशाेधन गर्न…

  • संस्था अध्यावधिक सम्बन्धी सूचना २०७५-३-४

    जिल्ला प्रशासन कार्यालय बैतडीमा दर्ता भएका गैरसरकारी संस्थाका विवरण अध्यावधिक गरी तालुक मन्त्रालयमा पठाउनुपर्ने भएकाले यस कार्यालयमा दर्ता भएका संस्थाहरूकाे नाम, बहालवाला कार्यसिमित सदस्यहरूकाे नाम, थर, ठेगाना सहितकाे विवरण याे सूचना प्रकाशित भएकाे मितिले २० दिन भित्र यस कार्यालयमा पेश गर्नहुन सम्बन्धित सराेकारवाहरूलार्इ जानकारीकाे लागि सूचना प्रकाशित गरिएकाे छ ।

  • संघ/संस्था दर्ता तथा नबिकरणा सम्बन्धि जरूरी सूचना २०७५-२-३१

    संस्था दर्ता एेन, २०३४ अन्तगर्त जिल्ला प्रशासन कार्यालय बैतडीमा दर्ता भएका संघ/संस्थाहरूले दर्ता तथा नबिकरणा गर्दा साबिककाे कार्यबिधि सहित हेदायका निर्देशनहरू अनिवार्य रूपले पालना गर्नहुन याे सूचना प्रकाशित गरिएकाे छ । बिस्तृत जानकारी लिन यसकाे शिर्षकमा Click गरी फाइल डाउनलाेड गरेर हेर्न सक्नुहुन्छ ।



© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय